Student Life eassy on nepali-विद्यार्थी जीवन मा निबंध
नेपालीमा सानो निबन्ध विधार्थी जीवनमा विद्यार्थी भन्नाले विद्यालय तथा विश्वविद्यालयमा गएर औपचारिक रूपमा अध्ययन कार्यमा लाग्ने मानिसलाई जनाइन्छ । विद्यालय जान थालेका चार पाँच वर्षको बालबालिका देखि विश्वविद्यालयका विद्यार्थी समेत विद्यार्थीको समूहमा पर्दछन् । विद्यार्थी जीवन महत्वपूर्ण समय हो । यो ज्ञानआर्जनको समय हो । यदि हामीले यो जीवनमा विद्यार्थी जीवनमा धेरै ज्ञान आर्जन गरेमा हाम्रो जीवन सुखी बन्न सक्छ । विद्यार्थी जीवनमा पाएको उपलब्धिले नै हाम्रो भविष्य राम्रो हुन्छ । जब कुनै विश्वविद्यालयबाट पढ्न सुरू गरेर विभिन्न कलेज हुँदै विश्वविद्यालयमा पुगेर आफ्नो विद्यार्थी जीवन पूरा गर्छ। विद्यार्थी जीवन मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण समय हो । एउटा विद्यार्थीले अहिलेको समयको सदुपयोग गरेर नै भविष्यमा महान् व्यक्ति बन्न सक्छ। विद्यार्थी आफूले पाएको ज्ञानबाट सन्तुष्ट हुनुहुँदैन । विद्यार्थी मेहनती र जिज्ञासु प्रकृतिको हुनुपर्छ । जुन विद्यार्थी अनुशासनको पालना गर्छ । जसले समयको पालना गर्छन्, जुन विद्यार्थी नियमित विद्यालय जान्छन्, जुन विद्यार्थी आफ्ना अभिभावक तथा अग्रजको निर्देशन म...